काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले चुक्ता पुँजी ६६ करोड ४० लाख रुपैयाँको २२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका २२ लाख ५० हजार कित्ता निष्काशन तथा बिक्री खुला गर्ने छ । हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्न लागेको हो ।आईपीओ निष्काशन गर्न अनुमति माग्दै कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो । बोर्डले बैशाख ४ गते आईपीओ निष्काशनको लागि अनुमति दिएको हो ।
हाइड्रोपावरको बिक्री प्रबन्धकको सम्पूर्ण कार्य ग्लोबल आइएमई क्यापिटलले गर्ने भएको छ । कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘ग्रेड ४’ रेटिङ दिएको छ ।
कम्पनीले कास्कीमा ११.८८ मेगावटको नमर्जुन मादी हाइड्रोपावर निर्माण गरिरहेको छ । २ अर्ब २७ करोड ३० लाख रुपैयाँ लागत रहेको आयोजनाको ८० प्रतिशत निर्माण कार्य सम्पन्न भईसेकेको छ । कम्पनीको प्रतिमेगावाट लागत १९ करोड १० लाख रुपैयाँ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ बैशाख २०७९, १७ : २७
लेखकबाट थप