रुससँगको शान्तिवार्ताका लागि युक्रेनी भूमि नत्याग्ने जेलेन्स्कीको दाबी

सफल खबर संवाददाता

सोमबार, ०५ बैशाख २०७९, १६ : १२
रुससँगको शान्तिवार्ताका लागि युक्रेनी भूमि नत्याग्ने जेलेन्स्कीको दाबी

युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्य गर्नका लागि देशको पूर्वी भूभाग नत्याग्ने बताएका छन् । शुक्रवार सीएनएनसँगको कुराकानीमा जेलेन्स्कीले डोनबास क्षेत्रमा युक्रेनी सेना मस्कोको सेनासँग लड्न तयार रहेको बताए । उक्त क्षेत्रमा हुने लडाइँले युद्धको दिशा निर्धारण गर्ने उनको भनाइ छ ।

रुसले डोनबास कब्जा गरेमा किएभ पनि नियन्त्रणमा लिनका लागि प्रयास गर्न सक्ने जेलेन्स्कीले बताए । ‘त्यसैले हामीले उनीहरूलाई जित्न दिन हुन्न । हामी दह्रो गरी उभिनुपर्छ । डोनबासको लडाइँले यस युद्धको दिशालाई प्रभावित पार्न सक्छ,’ जेलेन्स्कीले भने । 

प्रतिक्रिया दिनुहोस