टर्कीले उत्तरी इराकमा रहेका कुर्दिश लडाकूहरूका विरुद्ध स्थल र वायुसैन्य कारवाही शुरू गरेको टर्कीका रक्षामन्त्री हुलुसी अकारले बताएका छन् ।
कमान्डो इकाइ तथा विशेष बलहरूले अपरेसन क्ल–लक अन्तर्गत मेतिना, जाप र अवाशिन–बास्यान क्षेत्रमा कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) लुकेर बसेको ठाउँमा आक्रमण थालेको अकारले बताए । सेनालाई ड्रोन र अट्याक हेलिकप्टरहरूले सहायता गरिरहेको उनको भनाइ छ ।
यस अपरेसनमा कतिजना सैनिक संलग्न छन् भनी उनले खुलाएनन् । पीकेकेले टर्कीविरुद्ध विशाल स्तरको आक्रमणको योजना बनाएको थाहा पाएपछि सैन्य कारवाही थालेको टर्कीको रक्षा मन्त्रालयको भनाइ छ । यस कारवाहीको योजनाका विषयमा टर्कीका सञ्चारमाध्यमहरूमा हप्तौंदेखि चर्चा भइरहेको थियो ।
इराकको स्वायत्त कुर्दिश क्षेत्रका प्रधानमन्त्री मसरूर बार्जानीले टर्कीको भ्रमण गरेलगत्तै सैन्य कारवाही थालेकाले उनलाई यसको बारेमा जानकारी दिइएको हुन सक्ने अनुमान छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ बैशाख २०७९, १६ : ०९
लेखकबाट थप