स्माटच्वाईस टेक्नोलोजिज र स्माटकार्ड नेपालवीच सम्झौता

सफल खबर संवाददाता

मंगलबार, २९ चैत्र २०७८, १३ : २३
स्माटच्वाईस टेक्नोलोजिज र स्माटकार्ड नेपालवीच सम्झौता

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) र स्माटकार्ड नेपाल (MyPay Wallet) वीच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ ।

राजधानी काठमाडौँमा सोमबार आयोजित विशेष कार्यक्रमकावीच स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र स्माटकार्ड नेपाल (MyPay Wallet)  का तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले स्मार्ट क्यूआर सेवा सञ्चालन सम्बन्धि  सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन । 

यस सम्झौता पश्चात माई पे वालेट (MyPay Wallet) प्रयोगकर्ताले माई पे वालेट मार्फत स्मार्ट क्यूआर मर्चेन्टह रूलाई भुक्क्तानी गर्न सक्छन भने माई पे मार्फत बिभिन्न व्यापार-व्यवसायमा आवद्व व्यबसायीहरुले स्मार्ट क्यूआर मार्फत भुक्क्तानी लिनलाई क्यूआरको सुविधा लिन सक्ने छन् ।

इ.एम.भि स्ट्याण्डर्डमा जारी गरी फाइनान्सियल स्वीच माफर्त कारोवारको भुक्क्तानी तथा फस्र्योट गर्ने भएकाले स्मार्ट क्यूआर मार्फत भुक्क्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहन्छ ।

बिगत २० वर्षदेखि बिभिन्न भुक्क्तानीका बिभिन्न सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र एन.आइ सी एसियावीच भएको यो सहकार्यले मुलुकको समग्र अर्थतन्त्रको विकाशमा थप योगदान पुग्न जाने आशा लिइएको छ ।
 

प्रतिक्रिया दिनुहोस