सुपारी आयातको इजाजत रोक्न सरकारलाई संसदीय समितिको निर्देशन

सफल खबर संवाददाता

बुधबार, २३ चैत्र २०७८, १८ : ०५
सुपारी आयातको इजाजत रोक्न सरकारलाई संसदीय समितिको निर्देशन

file-photo

काठमाडौं । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सुपारी आयतको इजाजत रोक्न सरकारलाई निर्देशन दिएको छ ।

बुधबार बसेको समितिको बैठकले सुपारी आयात इजाजतपत्र नदिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो । उद्योग र वाणिज्य सचिवको उपस्थितिमा भएको छलफल पछि यस्तो यस्तो निर्देशन दिएको समितिका सभापति विमलप्रसाद श्रीवास्तवले जानकारी दिए ।

देशको अर्थतन्त्र कमजोर भएको र विदेशी मुद्राको सञ्चिति न्यून रहेको बेला यो वस्तुको आयात जरुरी छैन भन्ने निष्कर्षमा समिति पुगेको उनको भनाइ छ । ‘सुपारी आयातका लागि अनुमति इजाजतपत्र जारी नगर्न मन्त्रालयलाई भनेका छौं,’ उनले भने, ‘समितिले सुपारी आयात र प्रयोगको अवस्थाबारे स्थलगत अध्ययन गर्ने पनि निर्णय गरेको छ ।’

समिति सदस्य प्रकाश रसाइलीकाअनुसार सुपारी आयातको सरकारी तथ्यांकबारे मन्त्रालयले झुट बोलेको बताए ।‘हामीलाई चाहिने सुपारी कति हो रु, माग गरिएको कति हो रु भनेर हामीले सरकारी धारणा मागेको थियौं,’ रसाइलीले भने, ‘सरकारी कर्मचारीले विवरण लुकाएर ढाँटे ।’ हुँदै नभएको तथ्यांक देखाएर कर्मचारीले झुट बोलेपछि तत्काललाई सुपारी आयातको इजाजत रोक्न निर्देशन भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस