चिर्पट र ढुंगा प्रहार गरेर श्रीमतीको हत्या

रासस

बुधबार, १६ चैत्र २०७८, १३ : ४८
चिर्पट र ढुंगा प्रहार गरेर श्रीमतीको हत्या

काठमाडौं । आफ्नै श्रीमतीलाई चिर्पट र ढुंगा प्रहार गरेर श्रीमतीको हत्या गरेको आरोपमा सिन्धुपाल्चोकमा एक जना पक्राउ परेका छन् ।चौतारा साँगाचोकगढी नगरपालिका-१ स्याउलेकी ४४ वर्षीया सुकुमाया तामाङको हत्या गरेको आरोपमा ४४ वर्षीय दाउरे भन्ने मेखबहादुर तामाङलाई मंगलवार राति प्रहरीले पक्राउ गरेको छ । 

घरायसी बादविवादका क्रममा मेखबहादुरले श्रीमतीलाई चिर्पट र ढुंगा प्रहार गरेका थिए । गम्भीर घाइते सुकुमायाको जिल्ला अस्पताल चौतारामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस