काठमाडौं । स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने नगर्ने विषयमा नेपाली कांग्रेसभित्र दुईधार देखिएको छ । कांग्रेसको संस्थापन पक्ष सत्ता गठबन्धन आबद्ध दलहरूबीच चुनावी तालमेलको पक्षमा छ भने संस्थापन इतर पक्ष तालमेलको विपक्षमा छ ।
शुक्रबारबाट सुरु केन्द्रीय समिति बैठकमा सत्ता गठबन्धनमा रहेका दलबीच चुनावी तालमेल गर्ने नगर्ने’दयगत नेताहरूको फरकफरक धारणा आएको हो ।
कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा स्थानीय तहको निर्वाचनमा तालमेलको पक्षमा उभिँदै आइरहेका छन् । तर, इतर पक्षका नेता डा। शेखर कोइराला भने तालमेलको पक्षमा खुलेका छैनन् । प्रधानमन्त्रीसमेत रहेका देउवाले भने स्थानीय तहको निर्वाचनमा आवश्यकताको सिद्धान्तका आधारमा चुनावी तालमेल हुने बताउँदै आइरहेका छन् ।
कांग्रेस प्रवक्ता डा। प्रकाशसरण महतले जिल्लामा खटाइएका केन्द्रीय प्रतिनिधिबाट जिल्लाको वस्तुगत अवस्था बुझ्ने काम भइरहेको जानकारी दिए । उनका अनुसार शुक्रबारको बैठकमा जिल्ला खटिएका २१ जना केन्द्रीय प्रतिनिधिले जिल्लामा पार्टीको अवस्था’दयगत जानकारी गराएका हुन् ।
महतले पार्टी सभापति देउवा गठबन्धन आबद्ध दलहरूबीच आवश्यकताको सिद्धान्तका आधारमा तालमेल गरिनुपर्ने पक्षमा रहेकोसमेत जानकारी दिए । ‘प्रधानमन्त्री देउवा आवश्यकताको सिद्धान्तका आधारमा चुनावी तालमेल गर्ने विषयमा सकरात्मक हुनुहुन्छ, कहाँ कस्तो अवस्था छ हेरेर तालमेल गरौं भन्ने उहाँको भनाइ हो,’ कांग्रेस प्रवक्ता महतले भने ।
कांग्रेस बैठकमा स्थानीय तहको निर्वाचनका लागि ७७ जिल्लामा खटाइएका केन्द्रीय प्रतिनिधिहरूले जिल्लाको वस्तुगत अवस्थाका विषयमा नेतृत्वलाई जानकारीसमेत गराएका छन् । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १२ चैत्र २०७८, ०८ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस शीर्ष नेताको बैठक स्थगित
कांग्रेस पदाधिकारी बैठक बस्दै : राज्य व्यवस्था समिति सभापति र उपसभामुखबारे छलफल
'अरू पार्टीमाथि प्रहार गर्नुभन्दा आफ्नो पार्टी सम्हाल्न उचित हुन्छ'
लिपुलेकबारे भारत र चीनले गरेको सम्झौता अस्वीकार्य : कांग्रेस
काँग्रेस-एमालेको स्पष्टीकरणः उपसभामुखमाथि महाअभियोग प्रश्ताव दर्ता गर्न हस्ताक्षर गरिएको होइन
नेपाली कांग्रेसले बोलायो संसदीय दलको आकस्मिक बैठक