राष्ट्रपतिद्वारा भारतका लागि नेपालका आवासीय राजदूत डा. शर्मालाई शपथ

रासस

शुक्रबार, ११ चैत्र २०७८, १५ : ४८
राष्ट्रपतिद्वारा भारतका लागि नेपालका आवासीय राजदूत डा. शर्मालाई शपथ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र भारतका लागि नेपालका आवासीय राजदूत डा शङ्करप्रसाद शर्मालाई आज पद तथा गोपनीयताको शपथ गराएकी छिन । 

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले राजदूत डा शर्मालाई पद तथा गोपनीयताको शपथ गराएकी हुन । समारोहमा परराष्ट्रमन्त्री डा नारायण खड्का उपस्थित थिए । 

नेपाल सरकारको सिफारिसमा यही चैत ६ गते राष्ट्रपति भण्डारीले डा शर्मालाई गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी थिईन ।  
 

प्रतिक्रिया दिनुहोस