एनएसएलका लागि नयाँ मिति घोषणा

सफल खबर संवाददाता

बुधबार, ०९ चैत्र २०७८, १५ : २३
एनएसएलका लागि नयाँ मिति घोषणा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालि (एनइएसएम)लाई नेपाल सुपर लिग (एनएसएल) आयोजनाका लागि स्वीकृति दिएको छ । 

एनएसएलले यसअघि एन्फासामु २५ चैतदेखि १० जेठसम्म मिति उपलब्ध गराइदिन माग गरेको थियो । सोहीबमोजिमको स्वीकृतिसहितको पत्र एनएसएलले पाएको छ । 

एन्फाले पछिल्लो समय बढेको एनएसएलको विवाद समाधानका लागि अध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा सात सदस्यीय विवाद समाधान कार्यदल बनाएको थियो । कार्यदलले बुधबार बिहान असन्तुष्ट चार क्लबहरूसँग गरेको छलफलपछि स्वीकृति पत्र प्रदान गरिएको हो । 

एन्फाका कार्यवाहक महासचिव अरुणमान जोशीले हस्ताक्षर गरेको पत्रमा आवश्यक स्वीकृति प्रदान गरिएको व्यहोरा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस