चितवन । इनारमा डुबेर एक वृद्धाको मृत्यु भएको छ । माडी नगरपालिका–७ किर्तनपुर प्रगतिटोल निवासी ७४ वर्षीया सुकमाया रानाभाटको इनारमा डुबेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान घरबाट निस्किएकी रानाभाट अबेरसम्म घर नपुगेपछि उनको खोजी भएको थियो ।घर नजिकैको इनार बाहिर चप्पल तथा लौरो भेटिएको र वृद्धा डुबेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
वृद्धाको शव परीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ०६ चैत्र २०७८, १६ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फेवातालमा डुबेर एकजनाको मृत्यु
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
पौडी खेल्ने क्रममा डुबेर २ बालिकाको मृत्यु
बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते
छतबाट पिसाब फेर्ने क्रममा लडेर एकजनाको मृत्यु