चितवन । इनारमा डुबेर एक वृद्धाको मृत्यु भएको छ । माडी नगरपालिका–७ किर्तनपुर प्रगतिटोल निवासी ७४ वर्षीया सुकमाया रानाभाटको इनारमा डुबेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान घरबाट निस्किएकी रानाभाट अबेरसम्म घर नपुगेपछि उनको खोजी भएको थियो ।घर नजिकैको इनार बाहिर चप्पल तथा लौरो भेटिएको र वृद्धा डुबेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
वृद्धाको शव परीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ०६ चैत्र २०७८, १६ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु