रिजाल र शेरचनलाई ‘वानीरा पुरस्कार’

रासस

शनिबार, ०५ चैत्र २०७८, १७ : ३९
रिजाल र शेरचनलाई ‘वानीरा पुरस्कार’

काठमाडौं । प्रसिद्ध साहित्यकार कालीप्रसाद रिजाललाई ‘वानीरा प्रज्ञा पुरस्कार’ प्रदान गरिने भएको छ । साहित्यकार डा.वानीरा गिरीको स्मृतिमा स्थापित उक्त पुरस्कारको राशि रु एक लाख छ । यसैगरी नेपाली भाषा र साहित्यमा समर्पित कवयत्री श्रीमती उषा शेरचनलाई रु पचास हजारसहितको ‘वानीरा पुरस्कार’ प्रदान गरिने भएको छ ।

डा।वानीरा गिरीको ७९ औँ जयन्तीका अवसरमा आगामी वैशाख २० गते काठमाडौँमा वानीरा फाउन्डेसन भवनको उद्घाटनका क्रममा ती पुरस्कार प्रदान गरिने फाउन्डेसनले जनाएको छ । फाउन्डेसनका संस्थापक तथा संरक्षक ई.शङ्कर गिरीको उपस्थितिमा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस