काठमाडौ । एनआईसी एशिया बैंकका ग्राहकले पाँच तारे होटल द सोल्टी र सोल्टी वेस्टेन्ड प्रमियरमा १० प्रतिसत छुट पाउने भएका छन् । काठमाडौंको सोल्टी होटल र नेपालगन्जको सोल्टी वेस्टेन्ड प्रमियरमा होटलमा कारोबार रकमको भुक्तानी गर्दा डेबिट कार्ड वा क्यूआर कोड मार्फत प्रयोग गर्दा छुट पाइने बैकले जनाएको छ ।
बैंकले आफ्ना मोबाइल बैंकिङ् तथा कार्ड (डेबिट÷क्रेडिट) प्रयोगकर्ताहरूलाई देशभरका २३ सय वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा खरिदको रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरी डिजिटल कारोबारलाई प्रोत्साहन गरिरहेको छ ।
एनआईसी बैंक नेपालभर ३५८ शाखा कार्यालयहरू, ४७३ एटीएम, ९४ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २९ फागुन २०७८, १६ : १२
लेखकबाट थप