काठमाडौं । कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण सुनसान रहेको लाङटाङ र गोसाइँकुण्ड पदमार्गमा छिटफुट विदेशी पर्यटक देखिन थालेका छन्।
कोरोना भाइरस सङ्क्रमणको जोखिम कम हुँदै गएको र यस क्षेत्रमा हुने अत्यधिक चिसोपनमा कमी आएसँगै लाङ्टाङ र गोसाइँकुण्ड पदमार्गमा आन्तरिक एवं बाह्य पर्यटक आउन थालेका हुन् । पदयात्रीको आगमन सुरू भएसँगै हिमपातका कारण उच्च भागमा बन्द रहेको होटल तथा लज क्रमश पुनःसञ्चालन हुन थालेको छ ।
दुई दिन अगाडिदेखि दैनिकरूपमा १५र२० जना आन्तरिक र चाररपाँच जना बाह्य पर्यटकको आगमन भइरहेको होटल व्यवसायीले बताए ।
हिमाली क्षेत्रको सुन्दरता हेर्न आफ्ना धेरै साथी आउन आतुर रहेको बताउँदै पहिलो चरणमा आफूहरूले भ्रमण सम्पन्न गरी दोस्रो चरणमा अन्य साथीभाइलाई रसुवाको भ्रमणमा पठाउने छ। चन्दनबारी, लौरिविनायक तथा गोसाइँकुण्डमा एक सातासम्म मुकाम गर्ने उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १४ फागुन २०७८, १५ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुख्य याममा सौराहामा पर्यटक घटे
मुस्ताङमा सात महिनामा तीन लाख २५ हजार बढी पर्यटक भित्रिए
सन् २०२५ मा ११ लाख ५८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए
एक वर्षमा १५ हजार विदेशी पर्यटकले गरे मनास्लु भ्रमण
मुस्ताङमा विदेशी पर्यटकको सङ्ख्या १८ प्रतिशतले वृद्धि
नोभेम्बरमा भित्रिए एक लाख १६ हजार पर्यटक