अधिवक्ता खतिवडाले पल शाहविरुद्ध वकालत गर्ने

सफल खबर संवाददाता

शनिबार, १४ फागुन २०७८, १२ : ५१
अधिवक्ता खतिवडाले पल शाहविरुद्ध वकालत गर्ने

काठमाडौं ।  अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको जाहेरी दर्ता गरेको गायिका समीक्षा अधिकारीको पक्षमा अधिवक्ता राधिका खतिवडाले वकालत गर्ने भएकी छन्। 

कानुनले बर्जित गरेका क्रियाकलाप गर्ने छुट केही हाई प्रोफाइल वा ग्ल्यामरस फिगरलाई छैन। कानुनको रक्षा गर्नु हाम्रो धर्म हो। एउटा घटनालाई लिएर समाज ध्रुवीकरण भएको छ । सहमतिमा शारीरिक सम्बन्ध भयो अनि अहिले केही मानिसको उक्साहटमा निज पीडकलाई षडयन्त्र गरियो। कानुनको विषय त्यस्तो होइन ।

८ वर्षमुनिका पीडित बालिकाको सहमतिमा पनि करणी गर्न मिल्दैन भन्ने कानुनी व्यवस्थालाई सबैले हेक्का राख्न उनको सुझाव दिएकी छिन्।अधिवक्ता खतिवडाले पल मलाई पनि सबैभन्दा मन पर्ने सेलिब्रेटी भएको पनि बताइन्।

यिनले यस्तो नगर्नुपर्ने। किन यस्तो गरे भन्ने प्रश्न मेरो मनमा पनि धेरै पटक आएकै हो। तर कानुनको अनविज्ञता कसैलाई क्षम्य हुँदैन। अझ रियल हिरोको उपनाम पाएका व्यक्तिलाई छुट दिनेगरी बहस चलाउनु हुँदैन। कानुनका नजरमा सबै समान हुन्छन्। सबैलाई एउटै कानुन लागू हुने होु, उनले लेखेकी छन्।

 

प्रतिक्रिया दिनुहोस