काठमाडौं । मकवानपुरको हेटौँडामा रहेको रिद्धिसिद्धि सिमेन्ट उद्योगको चुनढुङ्गा खानीका कारण राक्सिराङ गाउँपालिकामा रहेका अति सीमान्तकृत चेपाङ समुदायलगायत स्थानीय बासिन्दा समस्यामा परेका छन् । उक्त उद्योगले वडा नं ४ मा रहेको गिगुं क्षेत्रमा चुनढुङ्गा उत्खनन गर्न थालेसँगै त्यहाँ बसोबास गर्ने चेपाङ समुदाय समस्यामा परेको हो ।
चुनढुङ्गा उत्खननका क्रममा स्थानीयवासीको घर नै पुर्न थालेपछि विस्थापित हुन परेपछि चेपाङहरुहरुले तत्काल पुनर्वासको माग गरेका छन् । साठी घरपरिवारले तत्काल पुनर्वासको व्यवस्था, जबर्जस्ती घरबास उठाउन बन्द गर्न र उचित मुआब्जाको व्यवस्थाको माग गरे पनि सरोकारवाला पक्ष मौन रहेकाले आफूहरु समस्यामा परेकोे गुनासो छ । राष्ट्रिय मानवअधिकार आयोगको एक अध्ययनले पनि क्सिराङ क्षेत्रमा चेपाङ समुदायहरु केही समय अघिसम्म आन्दोलनमा उत्रिए पनि केही नलागेपछि विस्थापित नै हुनुपरेको छ । खानी क्षेत्र आसपासका करिब ३५ घरधुरी विस्थापित भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १३ फागुन २०७८, १३ : ०९
लेखकबाट थप