इलामको चिया बगानमा अतिक्रमण बढेपछि प्रहरी परिचालन

रासस

शुक्रबार, १३ फागुन २०७८, १२ : ०९
इलामको चिया बगानमा अतिक्रमण बढेपछि प्रहरी परिचालन

काठमाडौं । इलामको कन्याम चिया बगानमा अतिक्रमण बढ्न थालेपछि प्रहरी परिचालन गरिएको छ । चारै दिशाबाट अतिक्रमण गर्न थालेपछि सुरक्षाका लागि प्रहरी परिचालन गरिएको हो ।नेपाल चिया विकास निगमको स्वामित्वमा रहेको कन्याम चिया बगान अतिक्रमण गरेर विभिन्न संरचना निर्माण गर्दा सरकारी चिया बगानमा विनाश बढेको भन्दै अर्थ मन्त्रालयले चासो देखाएपछि सडक निर्माण क्षेत्रमा प्रहरीले सुरक्षा दिन थालेको छ ।

निजी जमिनमा जानका लागि सडक निर्माण गर्दा चिया बगानको जमिन प्रयोग गरिएको भन्दै स्थानीय युवाले विरोध सुरु गरेका छन् । निजी जमिनमा जाने सडकसमेत चियाबारी मासेर निर्माण भएपछि स्थानीय युवा र कन्याम चिया विकास निगमले उक्त सडक केही दिनअघि नै बन्द गरेको थियो । सडक बन्द गरे पनि जर्बजस्ती निर्माण गर्न खोजेको भन्दै सो क्षेत्रमा प्रहरी परिचालन गरिएको  छ ।

गएको माघ २४ गते अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई चिया बगान अतिक्रमण रोक्न सहयोग गर्न परिपत्र गरेको थियो । अर्थ मन्त्रालयकोे पत्रपछि गृह मन्त्रालयले जिल्लामा परिपत्र गरेको र जिल्ला प्रहरी कार्यालयले इलाका प्रहरी कार्यालय पशुपतिनगरलाई सुरक्षा मिलाउने जिम्मा दिएको थियो ।

प्रतिक्रिया दिनुहोस