नामाङ्कन र स्थायी राजधानीको केन्द्र चाँडै टुङ्ग्याइन्छ : मुख्यमन्त्री राई

सोमबार, २४ बैशाख २०७५, १३ : ०५
नामाङ्कन र स्थायी राजधानीको केन्द्र चाँडै टुङ्ग्याइन्छ : मुख्यमन्त्री राई

पाँचथर । मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ को नामाङ्कन र स्थायी राजधानीको केन्द्र चाँडै टुङ्गाइने बताउनुभएको छ ।
फिदिममा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले सो जानकारी दिंदै सहमतिकै आधारमा नामाङ्कन र राजधानीको केन्द्र तोकिने छ भन्नुभयो ।

संघीयता कार्यान्वयनका लागि सबै लाग्नुपर्नेमा जोड दिंदै मुख्य मन्त्री राईले अहिले संघीयता कार्यान्वयन गराउन नचाहने शक्तिहरुले प्रदेश तहलाई कमजोर पार्न खोजिरहेको आरोप लगाउनुभयो ।

जनताका काममा ढिलासुस्ती गर्ने प्रवृत्ति तोडिने र निजी क्षेत्रलाई लगानी गर्ने वातावरण बनाएर प्रदेश नं १ लाई समृद्ध बनाइनेमा पनि उहाँले जोड दिनुभयो ।  (रासस)

प्रतिक्रिया दिनुहोस