जगदम्बा स्टिलद्वारा नेपालको इतिहासमै पहिलो पटक तेस्रो देश निर्यातको थालनी

सफल खबर संवाददाता

आइतबार, २३ माघ २०७८, १७ : २३
जगदम्बा स्टिलद्वारा नेपालको इतिहासमै पहिलो पटक तेस्रो देश निर्यातको थालनी

काठमाडौं । देशकै अग्रणी स्टिल उत्पादक कम्पनी, जगदम्बा स्टिलले नेपालको औद्योगिक इतिहासमै पहिलो पटक तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात थालनी गरेको छ।

नेपालमा लाखौँ उपभोक्ताको मन जित्न सफल जगदम्बाका “कलर कोटेड कोइल्स तथा शिट”हरुको लोकप्रियता तथा माग विदेशमा समेत चुल्लिँदै गएको हो । कम्पनीका अनुसार जगदम्बा स्टिलका उत्पादन, जगदम्बाका “कलर कोटेड कोइल्स तथा शिट”हरु दक्षिण पूर्वी, मध्य पूर्वी एसियाली देशहरु तथा दक्षिण अफ्रिकामा उच्च आपूर्ति माग सहित उपभोक्ताद्वारा परिक्षित तथा अनुमोदित भएको छ ।

तेस्रो देश निर्यात थालनीको अवसरमा बोल्दै शंकर गु्रपका अध्यक्ष शंकर लाल अग्रवालले उपभोक्ता सन्तुष्टिका लागि गुणस्तरको प्रतिवद्धता नैे पहिलो प्राथमिकता रहेको बताए  । उनले भने , "गुणस्तरको सुनिश्चिततार्थ अत्याधुनिक प्लान्ट मार्फत निर्मित हाम्रा उत्पादनका गुणस्तरको लागि नेपाली उपाभोक्ताको साथ सहयोग र मायाँका लागि हामी सदैव कृतज्ञ छौँ । यो मायाँले अझ विस्तारित रुप लिएको छ । नेपाली उत्पादन तेस्रो देशमा निर्यात गर्ने पहिलो कम्पनीका रुपमा स्थापित हुन पाउँदा हामी निकै गौरवान्वित छौँ। ” 

प्रतिक्रिया दिनुहोस