यी सवारी साधनमा लागू हुँदैन जोरबिजोर प्रणाली

सफल खबर संवाददाता

शुक्रबार, ०७ माघ २०७८, २१ : ११
यी सवारी साधनमा लागू हुँदैन जोरबिजोर प्रणाली

काठमाडौँ । काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण तीव्र गतिमा फैलिरहेको भन्दै रोकथाम गर्न काठमाडौं, ललितपुर र भक्तपुर तीन वटै जिल्लामा यो प्रणाली लागू गरेको हो।

जोरबिजोर प्रणाली लागू गर्न बिहीबार जारी गरिएको आदेशमै उल्लेख गरिएको थियो। शुक्रबार प्रशासन कार्यालयले थप स्पष्ट पारेको हो। कार्यालयले जोर(बिजोर प्रणाली लागू नहुने सवारी साधनबारे स्पष्ट पारेको हो।

औषधि एवं स्वास्थ्य सामग्री बोकेको सवारी साधन, एम्बुलेन्स, दमकल, शववाहन, ग्यास, पेट्रोलियम पदार्थ, खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, पानी, अन्डा, माछामासु, पशुपंक्षीका दाना एवं कृषि तथा पशुजन्य सामग्री बोक्ने सवारी साधनलाई नरोकिने प्रशासनले जनाएको छ।

यद्यपि यस्ता सवारी साधनमा चालक र सहचालकमात्रै रहनुपर्ने प्रशासनले प्रष्ट्याएको छ। बैंक, बीमा, बित्तीय संस्था, वायुसेवा कम्पनी, डाक तथा कुरियर सेवा, दूर सञ्चार सेवा प्रदायक निकायका कर्मचारीहरूले परिचयपत्रको आधारमा आवतजावत गर्न पाउनेछन्।

 

प्रतिक्रिया दिनुहोस