एन्टीबायोटिक औषधीले काम नगर्दा संसारभरी १२ लाखभन्दा बढीको मृत्यु : : रिपोर्ट

एजेन्सी

शुक्रबार, ०७ माघ २०७८, १५ : २०
एन्टीबायोटिक औषधीले काम नगर्दा संसारभरी १२ लाखभन्दा बढीको मृत्यु : : रिपोर्ट

काठमाडौं । एन्टीबायोटिक औषधीको असरबारे विश्वव्यापी भएको हालसम्मको सबैभन्दा ठूलो अध्ययन अनुसार सन् २०१९ मा संसारभरी १२ लाखभन्दा बढीको मृत्यु औषधीले नछोएको ब्याक्टेरियाको संक्रमणका कारण भएको छ । यो आँकडा मलेरिया वा एड्सबाट हरेक वर्ष मृत्यु हुने मानिसको संख्याभन्दा बढी हो । 

मेडिकल जर्नल द ल्यासेन्ट जर्नलमा प्रकाशित यो अध्ययनको रिपोर्टमा भनिए अनुसार यसको खतरा सबैलाई भएपनि गरिब देश यसले सबैभन्दा बढी देशलाई प्रभावित पारिरहेको  छ । 

मेडिकल शब्दावलीमा औषधीको बेअसर हुनुको यो स्थितिलाई एन्टी–माइक्रोबियल रेसिस्टेन्स (एएमआर) भनिन्छ । यो त्यतिबेला हुन्छ जब ब्याक्टेरिया, भाइरस र परजीवी समयसँगै परिवर्तन हुन्छन् र तीमाथि औषधीको असर हुँदैन । यसले कुनै संक्रमणको उपचार कठिन हुने गर्छ र गम्भीर रोग फैलने र मृत्युसमेतको खतरा बढ्ने गर्छ । 

रिपोर्टमा बताइए अनुसार यसबाट बच्न आवश्यक छ, त्यसैले नयाँ औषधीका लागि तत्काल लगानी गर्न अत्यावश्क छ । हालका औषधी अत्यधिक समझदारीले उपयोग गर्नुपर्ने पनि रिपोर्टमा बताइएको छ । 

प्रतिक्रिया दिनुहोस