भोलिबाट काठमाडौं उपत्यकामा जोर बिजोर लागू हुँदै, क-कसले पाउँछन् छुट?

सफल खबर संवाददाता

शुक्रबार, ०७ माघ २०७८, १४ : ३७
भोलिबाट काठमाडौं उपत्यकामा जोर बिजोर लागू हुँदै, क-कसले पाउँछन् छुट?

काठमाडौं । काठमाडौं उपत्यकामा आजराति १२ बजेदखि जोरबिजोर प्रणाली लागु हुँदैछ । कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि उपत्यका तीनवटै जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशमा शुक्रबार मध्यराति जिल्लाभित्र चल्ने सवारीसाधनमा जोर विजोर प्रणाली लागु गर्न लागिएको हो । 

‘जिल्लाभित्र जोर गते जोर र विजोर गते विजोर नम्बर प्रणालीमा सवारीसाधन सञ्चालन गर्ने’, जारी आदेशमा भनिएको छ । 

तर, जिल्ला प्रशासन कार्यालय ललितपुरले एक विज्ञप्ति जारी गरेर जोरबिजोर लागु नहुने क्षेत्रहरुबारे जानकारी दिएको छ । प्रशासनका अनुसार औषधि एवं स्वास्थ्य सामग्री बोकेका सवारी साधन एम्बुलेन्स, दमकल शववहान, ग्यास पेट्रोलियम पदार्थ, निर्माण सामग्री बोक्ने सवारीमा सो आदेश लागू हुनेछैन । 

खाद्यन्न, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, अण्डा, माछामासु, पशुपंछीका दाना एवं कृषि तथा पशुजन्य सामग्री बोक्ने सवारी साधन पनि चल्न पाउनेछन् । यस्तै, पत्रकार परिचयपत्र रहेका सञ्चारकर्मीहरुले प्रयोग गरेका सवारी साधन, सरकारी सवारी साधन र कुटनैतिक नियोगका सवारी साधनमा जोरबिजोर लागु हुने छैन ।

प्रतिक्रिया दिनुहोस