सुईमार्फत् वयस्क बनाएर देहव्यापार हुने गरेको खुलसा

पत्रपत्रिकाबाट

विहीबार, २२ पुस २०७८, ०८ : ३८
सुईमार्फत् वयस्क बनाएर देहव्यापार हुने गरेको खुलसा

काठमाडौं ।  नेपालमा हराएका बालिकालाई भारत पु(याएर देहव्यापारमा लगाउने गरेको खुलेको छ । बेचबिखनमा पर्ने साना बालिकाको यौनाङ्ग र अन्य अङ्ग विकास गराई वयस्क देखाउन सुई लगाउने गरेको अनुसन्धानबाट खुलेको छ ।

विभिन्न प्रलोभनमा पारेर तथा झुक्याएर बेहोस बनाई भारतका कोठीमा बेचिएका अधिकांश बालिकालाई सुईमार्फत अङ्गहरूको विकास गराइएका अधिकांश बालिका पछि दीर्घ रोगी भई मृत्यु हुने गरेको छ ।

कोठीबाट उद्धार गरिएका बालिका तथा महिलाहरुले शरीर आकर्षक देखाउन कोठी सञ्चालकले विभिन्न औषधि तथा सुई लगाउने गरेको उजुरीका क्रममा बताउने गरेका छन् । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस