फ्रान्समा भेटिएको नयाँ भेरियन्टको जोखिम छैनः डब्लूएचओ

एजेन्सी

बुधबार, २१ पुस २०७८, १४ : ५७
फ्रान्समा भेटिएको नयाँ भेरियन्टको जोखिम छैनः डब्लूएचओ

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले फ्रान्समा देखिएको कोभिडको भेरियन्टको जोखिम नभएको जनाएको छ । सो भेरियन्ट नोभेम्बरमा नै देखिएको भन्दै यसको जोखिम नभएको विश्व स्वास्थ्य संगठनका एक अधिकारीले बताएका छन् । 

‘फ्रान्समा भेटिएको नयाँ भेरियन्ट हाम्रो राडरमा छ । यसको अन्यको तुलनामा बढी जोखिम छैन,’ डब्लूएचओका अब्दिल महमुदले भने । फ्रान्समा फेला परेको भनिएको भाइरसलाई 'आइएचयु' नाम दिइएको छ  । 

प्रतिक्रिया दिनुहोस