बाँके । नेपालगञ्ज नाकाबाट दैनिक सयौं भारतीय नागरिक विभिन्न कामको सिलसिलामा नेपाल आउँछन् । पहाडी जिल्लाका नेपाली भारतमा मौसमी काम गर्न गएको जसरी सयौं भारतीय नागरिक दैनिक नेपालगञ्ज नाकाबाट मजदुरी गर्न नेपाल प्रवेश गर्छन् ।
बिहान ८ देखि १० बजेको बीचमा भारतबाट मजदुरी गर्न नेपालगञ्ज आउने भारतीय मजदुरको लाइन नै देखिन्छ । भारतीय मजदुर साइकलमा खाना बोकेर नेपालगञ्ज आउने गर्दछन् । नेपालगञ्ज औद्योगिक क्षेत्र, इँटाभट्टा, भवन र सडक निर्माणका लागि दैनिक सयौं भारतीय मजदुर नेपालगञ्ज आउँछन् ।
भारतबाट आउने यी मजदुरको नाकामा कोरोना जाँच हुँदैन । भारतमा ओमिक्रोनको संक्रमित बढिरहँदा भारतबाट आउने मजदुरले जोखिम बढाएका छन् । भारतबाट आउने नेपालीको जाँच भएको जसरी दैनिक मजदुरीका लागि आउने भारतीय नागरिकको पनि कोरोना गर्न आवश्यक देखिन्छ । बिहान खाना बोकेर आउने र साँझ फर्किने भारतीय मजदुरको संख्या ठूलो रहेको छ ।
नेपालगञ्ज औद्योगिक क्षेत्रभित्रका उद्योगहरूमा काम गर्ने अधिकांश कामदार भारतीय नागरिक रहेका छन् । उनीहरू बिहान आउँछन् र काम गरेर साँझ घर फर्किन्छन् । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २१ पुस २०७८, ०८ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोनाका बिरामी देखिँदैः सात दिनमा ३० जनामा सङ्क्रमण
भारतबाट फर्किनेमा कोरोना संक्रमण, कीट नहुदा परीक्षणमा समस्या
भारतमा बढ्यो कोरोना संक्रमण, ९ दिनमा ५८ बिरामीको मृत्यु
कोरोना सङ्क्रमण बढ्दो छ, सतर्क रहौँ : स्वास्थ्य मन्त्रालय
सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण
भारतमा फैलँदो कोरानाः २७ राज्यमा नयाँ भेरियन्ट, ४४ को मृत्यु