सुदूरपश्चिममा दैनिक बढ्दै कोरोना सङ्क्रमण, आज ४० मा सङ्क्रमण

रासस

मंगलबार, २० पुस २०७८, २१ : ०९
सुदूरपश्चिममा दैनिक बढ्दै कोरोना सङ्क्रमण, आज ४० मा सङ्क्रमण

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा दैनिकरुपमा कोरोना भाइरस सङ्क्रमण बढ्दै गएको छ ।  हप्ताको तेस्रो दिन आज एकैदिन ४० मा सङ्क्रमण पुष्टि भएको छ । सोमबार यस प्रदेशमा २८ र आइतबार पाँचमा सङ्क्रमण देखिएको थियो । 

गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट ९७२ को नमूना परीक्षण गर्दा ४० मा  सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । पीसीआरमार्फत आठ र एन्टीजेनमार्फत ३२ मा पुष्टि भएको हो । पीसीआरमार्फत महाकाली अस्पतालमा छ र सेती प्रादेशिक अस्पतालमा दुई र एन्टीजेनमार्फत कञ्चनपुरका नौ र कैलालीका २३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।  

यस्तै गएको २४ घण्टामा प्रदेशभर चार जना निको भएका छन् । उक्त अवधिमा यस प्रदेशमा  सङ्क्रमणका कारण  एक जनाको पनि मृत्यु भएको छैन । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१४ को ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस