सहकारीको व्याजदर अध्ययन गर्न उपसमिति

पत्रपत्रिकाबाट

शुक्रबार, १६ पुस २०७८, ०८ : ०६
सहकारीको व्याजदर अध्ययन गर्न उपसमिति

काठमाडौं । सहकारीको सन्दर्भ व्याजदर पुनरावलोकन गर्न सहकारी विभागले अध्ययन समिति गठन गरेको छ । बिहीबार विभागका रजिष्ट्रार झलकराम अधिकारीको संयोजकत्वमा बसेको व्याजदर निर्धारण कमिटीको बैठकले उपरजिष्ट्रार टोलराज उपाध्यायको संयोजकत्वमा ‘सहकारीको व्याजलर निर्धारण सुझाव उपसमिति’ गठन गरेको हो ।

उपसमितिले बजारको अवस्था अध्ययन गरेर सन्दर्भ व्याजदर निर्धारणसम्बन्धी मापदण्डका लागि समेत सुझाव दिनेछ । बिहीबारको बैठकमा सन्दर्भ व्याजदर बढाउन दबाब भए पनि अर्को बैठक बस्ने गरी टुंगिएको छ । बैठकमा सहकारी अभियानले सहकारीको सन्दर्भ व्याजदर १७ प्रतिशत पु¥याउन प्रस्ताव गरेको थियो तर सरकारी पक्षले भने व्याजदर बढाउनका लागि पर्याप्त आधार नभएको बताएपछि पुस २१ गते पुनः बस्ने गरी बिहीबारको बैठक सकिएको छ ।

हाल सहकारी संस्थाहरूले ऋण लगानी गर्दा अधिकतम १४।७५ प्रतिशतसम्म व्याज लिन पाउने गरी सन्दर्भ व्याजदर लागू गरिएको छ । १५ कात्तिक २०७७ देखि लागू भएको व्याजदर हालसम्म पुनरावलोकन भएको छैन । त्यसअघि सहकारीको सन्दर्भ व्याजदर १६ प्रतिशत थियो ।
बैंक तथा वित्तीय संस्थाहरुले तरलता अभावसँगै व्याजदर बढाएपछि सहकारीको पनि सन्दर्भ व्याजदर बढाउन सहकारीकर्मीले दबाब दिँदै आएका छन् । कारोबार दैनिकमा खबर छ ।