काठमाडौं । सहकारीको सन्दर्भ व्याजदर पुनरावलोकन गर्न सहकारी विभागले अध्ययन समिति गठन गरेको छ । बिहीबार विभागका रजिष्ट्रार झलकराम अधिकारीको संयोजकत्वमा बसेको व्याजदर निर्धारण कमिटीको बैठकले उपरजिष्ट्रार टोलराज उपाध्यायको संयोजकत्वमा ‘सहकारीको व्याजलर निर्धारण सुझाव उपसमिति’ गठन गरेको हो ।
उपसमितिले बजारको अवस्था अध्ययन गरेर सन्दर्भ व्याजदर निर्धारणसम्बन्धी मापदण्डका लागि समेत सुझाव दिनेछ । बिहीबारको बैठकमा सन्दर्भ व्याजदर बढाउन दबाब भए पनि अर्को बैठक बस्ने गरी टुंगिएको छ । बैठकमा सहकारी अभियानले सहकारीको सन्दर्भ व्याजदर १७ प्रतिशत पु¥याउन प्रस्ताव गरेको थियो तर सरकारी पक्षले भने व्याजदर बढाउनका लागि पर्याप्त आधार नभएको बताएपछि पुस २१ गते पुनः बस्ने गरी बिहीबारको बैठक सकिएको छ ।
हाल सहकारी संस्थाहरूले ऋण लगानी गर्दा अधिकतम १४।७५ प्रतिशतसम्म व्याज लिन पाउने गरी सन्दर्भ व्याजदर लागू गरिएको छ । १५ कात्तिक २०७७ देखि लागू भएको व्याजदर हालसम्म पुनरावलोकन भएको छैन । त्यसअघि सहकारीको सन्दर्भ व्याजदर १६ प्रतिशत थियो ।
बैंक तथा वित्तीय संस्थाहरुले तरलता अभावसँगै व्याजदर बढाएपछि सहकारीको पनि सन्दर्भ व्याजदर बढाउन सहकारीकर्मीले दबाब दिँदै आएका छन् । कारोबार दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १६ पुस २०७८, ०८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३४ जना बचतकर्ताको बचत रकम फिर्ता
सुरु भयो सहकारीको बचत फिर्ता
सहकारी बचत फिर्ता ऋण असुलीबाट गरिने
समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता जेठ पहिलो सातादेखि सुरु हुने
महिलालाई आत्मनिर्भर बनाउँदै सहकारी
सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्नेबारे सरोकारवालासँग छलफल गर्दै मन्त्रालय