काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्यहरूले नजिकिँदै गरेको आम निर्वाचनमा बहुमत ल्याउनका लागि अहिलेदेखि नै रणनीति बनाउनुपर्ने बताएका छन् ।
१४औं महाधिवेशनपछि एकपटक मात्र केन्द्रीय समिति बैठक बसेको कांग्रेस अलमल नगरी अगाडि बढ्नुपर्ने भन्दै उनीहरूले मूल नेतृत्वलाई निर्वाचन केन्द्रित हुन आग्रह गरेका छन् ।
कांग्रेस केन्द्रीय समितिले पूर्णता पाउन अझै बाँकी छ । १४औं महाधिवेशनले निर्वाचित गरेको १ सय १४ सदस्यीय केन्द्रीय समिति भए पनि कोषाध्यक्ष १ र ३३ जना केन्द्रीय सदस्य मनोनित गर्न बाँकी छ । विधानअनुसार गठन गर्नुपर्ने विभिन्न समितिका साथै विभागहरू बनाइएको छैन । सत्ताको प्रमुख बागडोर सम्हालेको यो पार्टीको भ्रातृ एवं शुभेच्छुक संस्था सबै निस्क्रिय छन् । नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १६ पुस २०७८, ०८ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै काँग्रेसले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ सकियो
भोलि केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने काँग्रेसको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
काँग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने
नेपाली कांग्रेस: चितवन– २ बाट प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस