काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्यहरूले नजिकिँदै गरेको आम निर्वाचनमा बहुमत ल्याउनका लागि अहिलेदेखि नै रणनीति बनाउनुपर्ने बताएका छन् ।
१४औं महाधिवेशनपछि एकपटक मात्र केन्द्रीय समिति बैठक बसेको कांग्रेस अलमल नगरी अगाडि बढ्नुपर्ने भन्दै उनीहरूले मूल नेतृत्वलाई निर्वाचन केन्द्रित हुन आग्रह गरेका छन् ।
कांग्रेस केन्द्रीय समितिले पूर्णता पाउन अझै बाँकी छ । १४औं महाधिवेशनले निर्वाचित गरेको १ सय १४ सदस्यीय केन्द्रीय समिति भए पनि कोषाध्यक्ष १ र ३३ जना केन्द्रीय सदस्य मनोनित गर्न बाँकी छ । विधानअनुसार गठन गर्नुपर्ने विभिन्न समितिका साथै विभागहरू बनाइएको छैन । सत्ताको प्रमुख बागडोर सम्हालेको यो पार्टीको भ्रातृ एवं शुभेच्छुक संस्था सबै निस्क्रिय छन् । नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १६ पुस २०७८, ०८ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)
काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका सार्वजनिक
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?