काठमाडौं । १४औं महाधिवेशनबाट नेपाली कांग्रेसका नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवाले सबैको प्रतिनिधित्व गर्दै पार्टीलाई अघि बढाउने प्रतिवद्धता जनाएका छन्। पार्टी कार्यालय सानेपामा शनिबार बसेको पहिलो बैठकमा नवनिर्वाचितलाई प्रमाणपत्र वितरण गर्दै सो प्रतिबद्धता जनाएका हुन्। समितिका संयोजक गोपालकृष्ण घिमिरेले प्रमाण पत्र वितरण गरे।
महामन्त्री गगन थापाले बैठकको छलफलबारे बताउँदै सभापति देउवाले राष्ट्रियसभा निर्वाचनका लागि आइतबार दल दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिने बताए। कार्यक्रममा देउवाले पार्टी अघि बढाउन आफूलाई सबैले सहयोग गर्ने विश्वास गरेको बताए। ‘आफू सबै कांग्रेसीहरूको सभापति भएकाले सोहीअनुसार अघि बढ्नेछु,’ कार्यक्रममा बोल्दै सभापति देउवाले भने, ‘मलाई भोट दिने÷नदिने सबैलाई समेटर अघि बढ्छु। सबैको भावनालाई कदर गरेर पार्टी चलाउँछु। सबैले सहयोग गर्नुहुन्छ भन्ने विश्वास छ।’
देउवाले पार्टीको विधान समावेशी बनेकाले सबैको प्रतिनिधित्व भएको उल्लेख गर्दै निर्वाचनका क्रममा भएका तीतामीठा कुरालाई बिर्सेर अघि बढ्न आग्रहसमेत गरे। ‘चुनावी प्रतिस्पर्धामा गएपछि केही नोकझोक भयो होला त्यसलाई बिर्सिनुहोस्,’ उनले भने, ‘आउने चुनावमा पार्टीलाई पहिलो बनाउन सबै एकढिक्का भएर अघि बढ्नुपर्छ।’
पहिलो बैठकले कांग्रेसको तर्फबाट अगाडी सारिने उम्मेदवारहरूको हकमा पार्टी सभापति देउवाको हस्ताक्षर प्रयोग गर्न अनुमति दिने निर्णय गरेको छ। त्यस्तै, निर्वाचन आयोगमा दल दर्ता गर्ने प्रयोजनका लागि पार्टी कार्यालयका मुख्यसचिव कृष्ण पौडेललाई दलका तर्फबाट आधिकारिक रूपमा हस्ताक्षर गरेर दलको सबै विवरण बुझाउने र अध्यावधिक गर्ने जिम्मा दिने निर्णय गरेको छ।
संवैधानिक व्यवस्थाअनुसार साढे ५ वर्षभित्र महाधिवेशनबाट नयाँ कार्यसमिति आएकोबारे निर्वाचन समितिमा बुझाउने नियम छ। १४औं महाधिवेशनबाट कांग्रेसमा १३४ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचनबाटै चयन भएका छन्। रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि र डा।शेखर कोइरालालगायका शीर्ष नेताहरू भने बैठकमा अनुपस्थित थिए। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ११ पुस २०७८, ०७ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेसँगको सहमतिमै टेकेर नीति कार्यक्रम आएको काँग्रेसको प्रष्टीकरण
नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेसले बोलायो संसदीय दलको बैठक
राजेन्द्र लिङदेन र अमरेशकुमार सिंहले लगाएको आरोप पुष्टि गर्न काँग्रेसको चुनौती
प्रवक्ता महतद्वारा कस्मिरमा हिन्दुमाथि भएको हमलाको निन्दा
यसरी पक्राउ परिन् कांग्रेस सांसद माया राई