काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनका मुद्दामाथि आक्रमण भइरहेको बताएका छन्। त्यसको रक्षाका लागि सदन, सरकार र जनतालाई जोडेर अघि बढ्नुपर्ने उनी बताउँछन्। शुक्रबार बसेको पार्टीको स्थायी समिति बैठकमा अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदनका मुख्य अंश प्रस्तुत गर्दै यस्तो बताए।
गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समानुपातिक समावेशीलाई समाप्त गर्ने षड्यन्त्र भइरहेको भन्दै उनले भने, ‘यिनीहरूको रक्षार्थ अघि बढ्नुपर्नेमा मेरो जोड छ, यसमा मुख्य भूमिका माओवादीले नै खेल्नुपर्छ।’ विगतका कमी, कमजोरी सच्याउँदै शान्तिपूर्ण ढंगले सहकार्य गर्दै अघि बढ्नुपर्ने पनि दाहालले राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन्।
राजनीतिक प्रतिवेदनको पूर्ण अंश राष्ट्रिय सम्मेलनमा मात्र प्रस्तुत हुने माओवादी नेताहरूले बताएका छन्। स्थायी समिति सदस्य देवेन्द्र पौडेलले भने, ‘विगतका कमी, कमजोरी सच्याउँदै पार्टीलाई अब बिग्रन, भत्किन र फुटबाट जोगाउनुपर्ने अध्यक्षज्यूले उल्लेख गर्नुभएको छ।’
दाहालले राजनीतिक प्रतिवेदनका मुख्य विषयमात्र बैठकमा राखेका थिए। संविधान निर्माण गर्दाका कतिपय मुद्दा थाँती रहेको भन्दै तिनीहरूलाई जनताका बीचमा लैजानुपर्नेमा उनको जोड छ। २०७५ जेठ ३ मा सबै कम्युनिस्ट पार्टीको केन्द्र बनाउने उद्देश्यले एमालेसँग पार्टी एकता गरेको तर केपी ओलीका कारण एकता जोगिन नसकेको दाहालले बताएका थिए। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १० पुस २०७८, ०८ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?
माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा
माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै
माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु