ओमिक्रोनले खोपको प्रभावकारिता घटायो : डब्लूएचओ

एजेन्सी

सोमबार, २७ मंसिर २०७८, ०९ : २६
ओमिक्रोनले खोपको प्रभावकारिता घटायो : डब्लूएचओ

एजेन्सी । ओमिक्रोन भाइरस डेल्टाभन्दा बढी संक्रमक भएको र यसले खोपको प्रभावकारिता घटाइदिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । यसै वर्षको सुरुमा भारतमा फेला परेको डेल्टा भेरियन्ट केही महिनाअघिसम्म निकै संक्रमित मानिएको थियो ।

 तर, करिव दुई महिनाअघि अफ्रिकामा नयाँ भेरियन्ट देखिएसँगै डेल्टाको चर्चा कम हुन थालेको छ । नयाँ भेरियन्ट ओमिक्रोनको उत्परिवर्तन दर धेरै भएको विज्ञहरुले बताउँदै आएका छन् । 

डब्लूएचओका अनुसार ९ डिसेम्बरसम्ममा ओमिक्रोन भेरियन्ट ६३ देशमा फैलिसकेको छ । सबैभन्दा बढी पहिला देखिएको भनिएको दक्षिण अफ्रिकामा यसको संक्रमण दर तीव्र बढेको छ । ओमिक्रोनको कारण देखाउँदै विभिन्न देशले दक्षिण अफ्रिकी देशहरुमा यात्रा प्रतिबन्ध लगाएका छन् । 

प्रतिक्रिया दिनुहोस