माओवादीका नेता रामचन्द्र झा एकीकृत समाजवादी प्रवेश गर्ने

सफल खबर संवाददाता

बुधबार, २४ कार्तिक २०७८, १७ : ५२
माओवादीका नेता रामचन्द्र झा एकीकृत समाजवादी प्रवेश गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता रामचन्द्र झा नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन् ।

५ मंसिरमा जनकपुरमा हुने आमसभामा झा औपचारिक रुपमा एकीकृत समाजवादीमा प्रवेश गर्नेछन् । उनले माओवादी नेताहरुसँग भने विदा लिइसकेका छन् । आफू अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुसँग सल्लाह गरेर नै विदा भएको झाले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस