एमाले अध्यक्ष ओली भेट्न नायिका करिश्मा मानन्धर किन पुगिन् बालकोट ?

सफल खबर संवाददाता

विहीबार, ०४ कार्तिक २०७८, ०७ : ४६
एमाले अध्यक्ष ओली भेट्न नायिका करिश्मा मानन्धर किन पुगिन् बालकोट ?

काठमाडौं । नायिका करिश्मा मानन्धर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेकी छिन् । राष्ट्रियसभा सदस्य कोमल ओलीसँगै मानन्धर ओली भेट्न बालकोट पुगेकी हुन् । 

ओलीलाई बालकोटमा भेटेपछि करिश्माले सामाजिक सञ्जालमार्फत ओलीको नजिक बसेर उनको विचारहरु सुन्दा आनन्द आएको प्रतिक्रिया दिएकी छन् । 
बुधबार उनले लेखेकी छिन्, ‘उहाँको नजिक बसेर विविध विषयमा उहाँको विचारहरु सुन्दा आनन्द आयो । सबै क्षेत्रका मानिसहरूलाई उत्तिकै महत्त्वका साथ लिनुभएकोमा र चासो मानेर कुरा सुनिदिनु भएकोमा आदरणीय केपी ओलीज्युलाई धेरै धन्यवाद ।’

एक महिनाअघि कक्षा १२ को परीक्षा दिने क्रममा करिश्मालाई ओलीले फोन गरेका थिए । सो क्रममा ओलीले करिश्माको परीक्षाबारे चासो राखेका थिए । कुनै बेला नयाँ शक्ति पार्टीकी नेतृ रहेकी करिश्मा यतिबेला राजनीतिमा छैनन् ।

प्रतिक्रिया दिनुहोस