ताप्लेजुङमा सर्पको टोकाइबाट एक युवकको मृत्यु

सफल खबर संवाददाता

शनिबार, ३० असोज २०७८, ११ : १७
ताप्लेजुङमा सर्पको टोकाइबाट एक युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङ फुङ्लिङ नगरपालिका–९ हाङ्देवाका २५ वर्षीय कृष्णबहादुर घतानीको शनिबार बिहान सर्प दंशबाट मृत्यु भएको छ । जिल्ला अस्पतालमा उपचारको क्रममा घतानीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

शुक्रबार राति घतानीलाई सर्पले डसेको थियो । सर्पले डसेपछि सुरुमा घरमै झारफुक र घरेलु औषधि गराएका उनलाई शनिबार बिहान  आफन्तले  जिल्ला अस्पतालमा लगेर भर्ना गराएको थिए ।

अस्पताल भर्ना गरेको केही समयमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस