ललितपुरविरुद्ध रहमानउल्लाह गुर्बजको अर्धशतक

सफल खबर संवाददाता

शनिबार, ०९ असोज २०७८, १५ : ०२
ललितपुरविरुद्ध रहमानउल्लाह गुर्बजको अर्धशतक

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा काठमाडौं किङ्स इलेभेनका अफगानिस्तानका रहमानउल्लाह गुर्बजले अर्धशतक प्रहार गरेका छन् । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरार्ष्ट्रिय क्रिकेट मैदानमा ललितपुर प्याट्रीएट्सले दिएको १५८ रनको विजयी लक्ष्य पछ्याउने क्रममा गुर्बजल अर्धशतक प्रहार गरेका हुन् । उनले २४ बलमा अर्धशतक पूरा गरे । 

लगातार २ विकेट गुमाएर खराव सुरुवात गरेको काठमाडौंका लागि उनले उद्धारसमेत गरेका छन् । हाल काठमाडौँ ६ ओभरमा ६२ रन बनाएर खेलिरहेको छ । 

प्रतिक्रिया दिनुहोस