नेपाली फिल्मले जित्यो विश्वकै प्रतिष्ठित अवार्ड

सफल खबर संवाददाता

शनिबार, ०९ असोज २०७८, १४ : ३३
नेपाली फिल्मले जित्यो विश्वकै प्रतिष्ठित अवार्ड

काठमाडौं । ‘घर आउ’ यो नेपाली फिल्मले विश्व प्रतिष्ठित फिल्म अवार्ड जितेको छ । ‘घर आउ’ ले आशा इन्टरनेशनल फिल्म फेष्टिभलमा उत्कृष्ट फिल्म अवार्ड हात पारेको हो ।

नेपाली चलचित्रका चर्चित नायक सौरमराज तुलाधर सहितको टोलीले अमेरिकामा बनाएको ‘घर आउ’ फिल्मले विश्वको सर्वाधिक प्रतिष्ठित फिल्म फेष्टिभलमा वेष्ट अवार्ड हासिल गरेको हो ।

आशा इन्टरनेशनल फिल्म अवार्ड बलिउडका लिजेन्ड कलाकार दादा साहेब फाल्केले थालेका थिए। दादा साहेब फाल्के पुरस्कार पाउनु तथा उनले थालेको फिल्म फेष्टिभलमा अवार्ड जित्नु हलिउडका कलाकारहरुको समेत सपना हुने गरेको छ ।

‘घर आउलाई हामीले धेरै फिल्म फेष्टिभलमा सहभागी बनायौं, धेरै ठाउँमा अवार्ड जितेका छौं । तर, आशा इन्टरनेशनल फिल्म फेष्टिभलमा वेष्ट फिल्म अवार्ड पाउँदा सपना जस्तो लागेको छ’– सौरमराजले फोन सम्पर्कमा भने , ‘वेष्ट फिल्म अवार्ड पाउँछौं भन्ने चिताएकै थिएनौं । अवार्डपछि हाम्रो टिम असाध्यै उत्साहित भएको छ ।’

सौरमराज अहिले अमेरिकामा छन् । न्यूयोर्क फिल्म एकेडेमीमा पढाई पूरा गरेर उनले अमेरिकामै मोडलिङ, म्युजिक भिडियो तथा फिल्महरु गरिरहेका छन् । घर आउ सिर्फ १० मिनेट लामो फिल्म हो । यो फिल्ममा कोभिड कालमा अमेरिकामा रहेका छोरा र नेपालमा रहेकी आमाको तनावको कथा छ । फिल्म निर्माता बाँस्कोटा प्रडक्सन हो । बाँस्कोटा प्रडक्सनबाट कीर्तनाले कीर्तनाले अन्य केही सर्ट फिल्म बनाइसकेकी छिन् ।

घर आउ फिल्मलाई विश्वका अन्य प्रतिष्ठित फिल्म फेष्टिभलहरुमा पनि लगिने भएको छ । यो फिल्म नेपाली दर्शकहरु सामु आउनु अरु केही समय लाग्छ होला, अहिले हामीलाई फिल्म फेष्टिभलहरु नै भ्याई नभ्याई भएको छ’- सौरमराजले भने ।

 

प्रतिक्रिया दिनुहोस