काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अपराह्न ३ बजे बस्ने बैठकले सरकारमा सहभागी हुने व्यक्तिहरूको नाम टुंग्याउने तयारी गरेको एक नेताले बताए ।
माओवादीमा नारायणकाजी श्रेष्ठ, मातृका यादब, सुधन किराँती, शिवकुमार मण्डल, हरिबोल गजुरेलसहितका नेताहरु मन्त्रीका आकांक्षी छन् ।आकांक्षी धेरै हुँदा मन्त्री हुनेको नाम टुंग्याउन माओवादीमा सकस छ । तथापि यसअघि मन्त्री नभएका तथा भूगोल र समावेशीका आधारमा मन्त्री चयन गर्ने तयारी भएको साहले बताए ।
देउबा नेतृत्वको वर्तमान सरकारमा माओवादीका तर्फ जनार्दन शर्मा अर्थ र पम्फा भुसाल उर्जा मन्त्री छन् ।
गठबन्धनबाट पनि मन्त्री हुनेको नाम टुंग्याएपछि मन्त्रिपरिषद् विस्तार गर्ने देउबाको तयारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ असोज २०७८, ११ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै
माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु
माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने
सरकार अधिनायकवादतर्फ गयो: माओवादी केन्द्र
माओवादी केन्द्रले अब पार्टी कमिटीलाई श्रम तथा उत्पादन अभियानसँग जोड्ने