प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव नेपाल बिच बालुवाटारमा भेटवार्ता, के विषयमा भयो छलफल ?

सफल खबर संवाददाता

आइतबार, १३ भदौ २०७८, १० : ३४
प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव नेपाल बिच बालुवाटारमा भेटवार्ता, के विषयमा भयो छलफल ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा समाजवादीका अध्यक्ष माधव नेपाल बिच भेटवार्ता भएको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान साढे ९ बजेबाट उनीहरु बिच भेटवार्ता शुरु भएको हो । भेटवार्तामा मन्त्रिपरिषद् बिस्तार तथा समसामयिक राजनितिक विषयवस्तुमा केन्द्रित रहेर उनीहरु बिच छलफल भएको बालुवाटार श्रोतले जानकारी दिएको छ ।

देउवा प्रधानमन्त्रीमा चयन भएको डेढ महिना बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै उनको आलोचना हुँदै आएको छ ।  

प्रतिक्रिया दिनुहोस