के प्रधानमन्त्री देउवा छिटटै भारत भ्रमणमा जादैछन् ?

मोदीका दुत विजय चौथाइवाले नेपालका राजनीतिक दलका नेतालाई भेटेर भारत फर्केको भोलिपल्टै भारतीय राजदुत विनयमोहन क्वात्रा पनि पुगे नयाँ दिल्ली

सफल खबर संवाददाता

आइतबार, १३ भदौ २०७८, ०८ : ४२
के प्रधानमन्त्री देउवा छिटटै भारत भ्रमणमा जादैछन् ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको बागडोर सम्हालेको ४५ दिन पुगेको छ । उनले अहिलेसम्म मन्त्रीपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । देउवाले अन्य दलहरुलाई पर्खिदा पर्खिदा सरकारलाई पूर्णता दिन नसकेको बताउँदै आफु पन्छिन खोजिरहेका छन् । देउवाले माधव नेपालको नयाँ दल दर्ता, जसपाको निर्णय लगायतलाई पर्खिदा मन्त्रीपरिषद् विस्तारमा ढिलाई हुन पुगेको बताएको भएपनि खासमा उनले आफ्नै पार्टीभित्रको आन्तरिक समिकरण मिलाउनका लागि ढिलाई गरिरहेका छन् ।

तर अब उनका निकट नेताहरुले १५ भदौंसम्म सरकार बिस्तार हुने र लगत्तै उनी भारतको औपचारिक भ्रमणको तयारीमा जान लागेको बताउन थालेका छन् । यसको भित्री तयारी शुरु भईसकेको बालुवाटार स्रोतले बताएको छ । भारतीय सत्तापक्ष भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले हालै नेपाल आएर यहाँका राजनीतिक दलका प्राय शीर्ष नेताहरुसँग भेटवार्ता गरेर फर्किए । उनी १० भदौंमा भद्रपुर झापा हुँदै सडकमार्गबाट दिल्ली फर्केका छन् ।

चौथाइवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र मानिन्छन् । नेपालमा काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतको निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएको भनिएपनि खासमा उनलाई मोदीले नै नेपाल पठाएर यहाँको सरकारसँग सम्बन्ध सुधारको प्रयास थालेको बताइन्छ । चौथाइवालेको  भ्रमणको शैली, भेटवार्ता र छलफलका विषय हेर्दा उनी महतले बोलाएर होइन, मोदीले पठाएर आएको अनुमान सहज लगाउन सकिने कुटनीतिक वृत्तका जानकारहरुले बताईरहेका छन् ।

चौथाइवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र मानिन्छन् । नेपालमा काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतको निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएको भनिएपनि खासमा उनलाई मोदीले नै नेपाल पठाएर यहाँको सरकारसँग सम्बन्ध सुधारको प्रयास थालेको बताइन्छ । चौथाइवालेको  भ्रमणको शैली, भेटवार्ता र छलफलका विषय हेर्दा उनी महतले बोलाएर होइन, मोदीले पठाएर आएको अनुमान सहज लगाउन सकिने कुटनीतिक वृत्तका जानकारहरुले बताईरहेका छन् । यही परिवेशमा अहिले नेपालका लागि भारतीय राजदुत विनयमोहन क्वात्रा पनि भारत पुगेका छन् ।

यही परिवेशमा अहिले नेपालका लागि भारतीय राजदुत विनयमोहन क्वात्रा पनि भारत पुगेका छन् । मोदीका विश्वासपात्र चौथाईवाले सडकमार्गबाट दिल्ली पुगेको भोलिपल्टै अर्थात भदौं ११ गते उनी हवाईमार्ग हुादै भारत प्रस्थान गरेका हुन् । उनी एयर इन्डियाको जहाजबाट नयाँ दिल्ली पुगेका हुन् ।भारतसँग पछिल्ला वर्षमा नेपालसँगको सम्बन्ध उतारचढावपूर्ण हुँदै आएको छ । भारतले संविधान निर्माणपछि लगाएको नाकाबन्दी पछि नै नेपाल भारत सम्बन्धमा कुनै न कुनै रुपमा सम्बन्ध चिसिने र फेरि समधुर हुने प्रयास हुँदै आएको छ । तर विश्वासिलो सम्बन्ध कायम हुन सकेको छैन् ।

झन पछिल्लो चरणमा भारतले नेपाली भूमि लिपुलेक र कालापानी क्षेत्रमा नेपालको अनुमति विनै मानसरोवर जाने बाटो खोलेपछि सम्बन्ध थप चिसिएको थियो । तर फेरि प्रधानमन्त्रीको वागडोरमा बसेर एमाले अध्यक्ष केपी ओलीले भारतीय गुप्तचर प्रमुख सामान्त गोयललाई निम्तो गरेर बालुवाटारमा रातो कार्पेट ओछ्याएपछि ओलीको नक्कली राष्ट«वादको मुकुन्डो उघ्रेको थियो । बालीमा ओलीले राष्ट«वादको जामा पहिरिएपनि भित्र भित्र भारतीय शासकवर्गसँग सत्ता बचाउनका लागि हारगुहार गरेर आत्मसमर्पण गरेपछि ओलीको सत्ता टिकाउनका लागि भारतले अन्तिमसम्म पनि निक्कै प्रयास गरेका थिए ।

देउवा प्रधानमन्त्री भएपछि शुरुमा बधाई समेत नदिएको भारतले उनले सपथ ग्रहण गरेपछि मात्र बधाई दिएको थियो । ओलीको संकट मोचनका लागि हरतरहले प्रयास गर्दा पनि भारत सफल नभएपछि प्रधानमन्त्रीमा आएका देउवासँग भारतले अहिले सम्बन्ध सुधारको प्रयास गर्न खोजेको छ । त्यही क्रममा मोदीले आफना विश्वासपात्र चौथाईवालेलाई नेपाल भ्रमणमा पठाएर यहाँका सत्ता गठबन्धन दलका नेता देखि ओलीसम्मलाई भेट्न पठाएका थिए । चौथाईवाले दिल्ली फर्केलगत्तै राजदुत क्वात्रालाई पनि भारतले छलफलका लागि भन्दै बोलाएको र उनी भदौं ११ गते दिल्ली पुगेको बताईएको छ । उनी अहिले पनि दिल्लीमै छन् । विदेश मन्त्रालयसँगको छलफलमा छन् ।

उनको दिल्ली दौडाहा नेपालका प्रधानमन्त्री देउवाको भारतको औपचारिक भ्रमणको तयारीका लागि भएको बताईएको छ । देउवाले आफु छिट्टै भारत भ्रमणमा आउन चाहेको चौथाईवालेलाई नै सन्देश दिईसकेका थिए । मोदीले पनि देउवालाई दिल्लीमा स्वागत गर्न आतुर रहेको सन्देश चौथाईवालेमार्फत पठाएका थिए । प्रधानमन्त्री भारतको औपचारिक भ्रमणमा जान खोज्नुभएको छ, केही अनौपचारिक कुराकानी शुरु भईसकेको छ, मन्त्रीपरिषद्लाई अब छिट्टै पूर्णता दिएसँगै प्रधानमन्त्री देउवाको पहिलो प्राथमिकता भारतको औपचारिक भ्रमण हुनेछ, देउवा निकटका कांग्रेसका एक नेताले सफलखबरलाई बताए ।

देउवा भारत भ्रमण जान अहिले निक्कै हतारिएका पनि छन् । कारण उनको पार्टीको सन्निकट रहेको महाधिवेशन पनि हो । उनी फेरि पार्टी सभापतिमा चुनावी प्रतिस्पर्धामा छन् । तर विमलेन्द्र निधिले भारतकै साथ र समर्थनमा आफनो क्याम्प छोडेर सभापतिको उम्मेदवारी घोषणा गरिसकेको बुझाईमा देउवा छन् ।

देउवाले भारतलाई महाधिवेशनमा आफु अनुकुल बनाउन पनि यो बीचमा दुई दुई पटक विनोद चौधरी, एक पटक एनपी साउद सम्मलाई भारतका नेताहरुसँगको छलफलका लागि दिल्ली पठाईसकेका थिए । देउवाले नै दिल्ली जान हतारो गर्न थालेपछि राजदुत क्वात्रा अहिले हतारिएर देउवाको भ्रमणको पूर्व तयारीका लागि दिल्ली पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस