महालेखा परिक्षक कार्यालयको ५८ औ प्रतिवेदन सार्वजनिक,मुलुकको बेरुजु ६ खर्ब ७६ अर्ब

सफल खबर संवाददाता

शुक्रबार, ०४ भदौ २०७८, १७ : १०
महालेखा परिक्षक कार्यालयको ५८ औ प्रतिवेदन सार्वजनिक,मुलुकको बेरुजु ६ खर्ब ७६ अर्ब

काठमाडौं । महालेखा परिक्षक कार्यालयले ५८ औ प्रतिवेदन सार्वजनिक गरेको छ ।सो प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७६र७७ को अन्तिम लेखापरीक्षणमा ४ खर्ब १८ अर्ब रूपैयाँ बेरुजु देखिएको छ ।

उक्त आर्थिक वर्षमा आवधिक गरी टुंगो गरी लगाउनुपर्ने रकम ६ खर्ब ६४ अर्ब भए पनि त्यसमा ११ अर्ब ४१ करोड थप गरी ६ खर्ब ७६ अर्ब ४१ करोड रहेको प्रतिवेदनमा उल्लेख छ ।

संघ, प्रदेश र स्थानीय तह गरी कुल ५३ खर्ब २७ अर्ब रूपैयाँ बराबरको लेखापरीक्षण गरिएको महालेखा परिक्षकको कार्यालयले जनाएको छ ।कार्यालयले ५७ औं वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको छ ।

प्रतिक्रिया दिनुहोस