मन्त्रिपरिषद् बैठक सकिएलगत्‍तै राष्ट्रपति भेट्न प्रधानमन्त्री देउवा शीतलनिवासमा

सफल खबर संवाददाता

मंगलबार, ०१ भदौ २०७८, १४ : ०२
मन्त्रिपरिषद् बैठक सकिएलगत्‍तै राष्ट्रपति भेट्न प्रधानमन्त्री देउवा शीतलनिवासमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति कार्यालय पुगेका छन् ।

मन्त्रिपरिषद् बैठक सकिएलगत्तै प्रधानमन्त्री देउवा राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका हुन् । बालुवाटारनिकट स्रोतका अनुसार अध्यादेश प्रमाणीकरणलगायत विषयमा परामर्शसमेत गर्नेगरी देउवा आफैं शीतल निवास गएका हुन् ।

मन्त्रिपरिषद् बैठकले राजनीतिक दल समबन्धी ऐन संशोधन अध्यादेश जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस