कांग्रेस महाधिवेशन

सदस्यता छानबिन समितिले प्रतिवेदन बुझाउँदै

सफल खबर संवाददाता

मंगलबार, १२ साउन २०७८, ०७ : ५५
सदस्यता छानबिन समितिले प्रतिवेदन बुझाउँदै

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रयोजनार्थ गठित क्रियाशील सदस्यता छानबिन समितिले ‘सदस्यता छानबिन प्रतिवेदन’ आज बुझाउने भएको छ । अहिले बिहान ९ बजे बोलाईएको पदाधिकारी र पूर्व पदाधिकारीको बैठक अगाडी सदस्यता छानबिन समितिले प्रतिवेदन बुझाउने गरी तयारी गरेको समितिका संयोजक समेत रहेका नेता रमेश लेखकले जानकारी दिए ।

पदाधिकारी पूर्वपदाधिकारी बैठकमा छानबिन समितिका संयोजक लेखकले छानबिन प्रतिवेदन बुझाउन यस अगाडी दुई दिन समय मागेका थिए ।आज जे जति काम भएका छन्, त्यसको प्रतिवेदन बुझाउँदै छौं । क्रियाशिल सदस्यको नामावली सहितकै प्रतिवेदन पार्टी सभापतिलाई अहिले बिहान ९ बजे बुझाउँदैछौं, संयोजक लेखकले भने ।

तर समितिले सवै विवादका काम छिनोफानो लगाएर प्रतिवेदन भने बुझाउन लागेको होइन । काँग्रेसमा क्रियाशिल सदस्यता लडफा नटुंगिदा केन्द्रीय कार्यालयमै अनसन बस्ने सम्मका काम तराईका जिल्लाका प्रतिनिधीहरुले गरिरहेका छन् । समितिले प्रतिवेदन बुझाउन समय मात्रै खर्चेको र विवाद खासै मिलाउन नसकेको र क्रियाशिल सदस्यता छानविन समितिले प्रतिवेदन नै नबुझाएका कारण महाधिवेशनबारे नै नेताहरुले संशय देखाउन थालेपछि प्रतिवेदन जे जस्तो अवस्थामा छ, त्यही अवस्थामा बुझाउन लागिएको हो ।

कांग्रेसले भदौं १६ देखि १९ गते सम्म पार्टीको १४ औं महाधिवेशन गर्ने गरी कार्यतालिका बनाएको छ । छानबिन समिति स्रोतका अनुसार चार जिल्लाको विवाद मिलाउन नसकेको भन्दै विवाद सभापतिमार्फत केन्द्रीय समितिमै फिर्ता गरिएको बुझाउन लागेको प्रतिवेदनमा उल्लेख गरिएको छ । सप्तरी, बारा, सिन्धुपाल्चोक र रसुवाको विवाद यथावत राखेर केन्द्रीय समितिमा छानविन समितिले फर्काउन लागेको हो ।

देशभर करिब १०० वडामा १३ औं महाधिवेशनकै क्रियाशील सदस्यतालाई मान्यता दिन पनि छानविन समितिले प्रतिवेदन मार्फत सभापतिलाई सफारिश गरेको छ । सबैभन्दा बढी विवादित प्रदेश दुईका सप्तरी र बारा जिल्लाको क्रियाशील सदस्यतामा सहमति जुट्न नसक्दा बारा र सप्तरीमा नयाँ र समायोजनलाई स्थगन गर्न समितिले सिफारिस गर्न लागेको छ ।

समितिले क्रियाशील सदस्यको संख्या ८ लाख ५३ हजार पु¥याएको छ । करिब १२ हजार नयाँ र समायोजनको सदस्यता स्थगन गरिएको छ । समितिका अनुसार ३५ देखि ४० हजारले सदस्यता नवीकरण नगरेको पनि उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस