बालुवाटारमा गठबन्धनको बैठक, माधव नेपाल पनि सहभागी

सफल खबर संवाददाता

शनिबार, ०९ साउन २०७८, १९ : ५६
बालुवाटारमा गठबन्धनको बैठक, माधव नेपाल पनि सहभागी

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दल गठबन्धनको बैठक सुरु भएको छ । बैठकमा एमालेका वरिष्ठ नेता माधव नेपाल पनि सहभागी भएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि गठबन्धनको बैठकमा माधव नेपाल पहिलो पटक सहभागी भएका हुन् । यसअघि नेपालले गठबन्धनको बैठकमा प्रतिनिधिको रुपमा विजय पौडेललाई पठाइरहेका थिए । 

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी जसपाका केन्द्रीय परिषद अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग प्रधानमन्त्री शेरबहादुर देउवाले छलफल गरेका छन्।

बैठकमा सत्ता गठबन्धन दीगो बनाउने, मन्त्रिपरिषद् विस्तार तयारी, समसामयिक राजनीतिबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 
 

प्रतिक्रिया दिनुहोस