४९ सांसद नै मन्त्रीको आकांक्षी भए, मभित्र आतंक भयो : प्रचण्ड

सफल खबर संवाददाता

शनिबार, ०९ साउन २०७८, १८ : ०९
४९ सांसद नै मन्त्रीको आकांक्षी भए, मभित्र आतंक भयो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र रहेका सबै ४९ सांसद नै मन्त्रीको आकांक्षी भएको बताएका छन् । उनले सबै सांसद नै मन्त्री बन्ने लाइनमा भएका कारण आफू अत्यन्तै दबाबमा परेको उनको भनाइ छ । 

शनिबार पार्टी कार्यालय पेरिसडाँडामा कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रचण्डले सबै सांसदले मन्त्री बन्ने आकांक्षा देखाउँदा मभित्र आतंक मच्चिएको बताएका हुन् ।

उनले भने, ‘म भित्र यतिबेला आतंक छ, मेरो दिमागमा कल्लाई मन्त्री बनाउने कसलाई नबनाउने ?’ प्रचण्डले गठबन्धन सरकारमा बढीमा नेकपा माओवादी केन्द्रले ७ वटा मात्रै मन्त्री पाउने बताए । मन्त्री नबनाए नेतृत्वलाई गाली गर्ने प्रवृत्ति देखिएको भन्दै उनले गुनासो गरेका थिए । 

आफूले नियुक्ति पाएमा नेतृत्व ठीक छ भन्ने, तर नपाएमा नेतृत्व बदमास छ भन्ने प्रवृत्ति देखिएको अध्यक्ष प्रचण्डले बताए । मन्त्री छान्ने विषयमा आफू मानसिक तनावमा परेको पनि उनले बताए ।
 

प्रतिक्रिया दिनुहोस