कोरोना अपडेट : पछिल्लो २४ घण्टामा थप ३ हजार ११४ जनामा सङ्क्रमण पुष्टि, १६ जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, ०९ साउन २०७८, १६ : २७
कोरोना अपडेट : पछिल्लो २४ घण्टामा थप ३ हजार ११४ जनामा सङ्क्रमण पुष्टि, १६ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ११४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

१४ हजार ९१० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ३ सय ९ र एन्टिजेन विधिबाट ८ सय ५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप २ हजार १ सय ९७ जना सङ्क्रमणमुक्त भएका छन्  भने १६ जनाको मृत्यु भएको छ ।