प्रदेश नंं ५ को बजेट शुक्रबार

विहीबार, २९ चैत्र २०७४, १९ : २९
प्रदेश नंं ५ को बजेट शुक्रबार

बुटवल । प्रदेश ५ को सरकारले चालु आर्थिक वर्षको तीन महिनाका लागि शुक्रबार बजेट सार्वजनिक गर्ने भएको छ । मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न बसेको बैठकले प्रदेश नं ५ प्रदेशसभा विनियोजन विधेयक २०७४ प्रदेशसभामा पेश गर्ने र राजश्व तथा व्ययको अनुमानित बजेट वक्तव्यसहित प्रदेशसभामा पेश गर्न स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिनुभयो ।

आर्थिक मामिला तथा योजना विकासमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका मुख्यमन्त्री शंकर पोखरेलले रु एक अर्ब दुई करोड पााच लाख बराबरको बजेट प्रदेशसभामा पेश गर्नुहुनेछ । बैठकले प्रदेशसभा सचिवालय व्यवस्थित गर्न बनेको प्रदेशसभा सचिवालय विधेयक स्वीकृत गरी प्रदेशसभा बैठकमा पेश गर्ने पनि निणर्य गरेको भौतिक पूर्वाधार विकासमन्त्री चौधरीले जानकारी दिनुभयो ।  (रासस)

प्रतिक्रिया दिनुहोस