बुटवलका वडाध्यक्षको कोरोना संक्रमणबाट मृत्यु

सफल खबर संवाददाता

मंगलबार, २२ असार २०७८, १३ : ५४
बुटवलका वडाध्यक्षको कोरोना संक्रमणबाट मृत्यु

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्ष हुमनाथ आचार्यको कोभिड–१९ का कारण आज निधन भएको छ ।

७२ वर्षीय वडाध्यक्ष  आचार्यको उपचारका क्रममा काठमाडौँमा आज बिहान निधन भएको उपमहानगरपालिका प्रवक्ता राम प्रसाद रेग्मीले जानकारी दिए । 

उनको सुरुमा बुटवलको कोरोना विषेश अस्पतालमा उपचार भएकोमा ७ दिनअघि  परिवारले थप उपचारका लागि काठमाडौँ लगेको थियो ।

आचार्यले कोरोना विरुद्धको पहिलो डोज खोप समेत लगाएका थिए ।