धार्मिक कारणले विवादमा तानिएसंगै फिल्म ‘सत्यनारायण की कथा’ को नाम परिवर्तन

सफल खबर संवाददाता

सोमबार, २१ असार २०७८, ११ : ४८
धार्मिक कारणले विवादमा तानिएसंगै फिल्म ‘सत्यनारायण की कथा’ को नाम परिवर्तन

काठमाडौं । अभिनेता कार्तिक आर्यन पछिल्लो समय फिल्म ‘सत्यनारायण की कथा’ को कारणले चर्चामा छन् । चर्चाको कारण टाइटल हो । फिल्मको टाइटललाई धार्मिक संगठनले आपत्ती जनाएका छन् ।

जसको कारण निर्माण युनिटले टाइटल नाम परिवर्तन गर्ने निर्णय गरेको छ । जसको जानकारी फिल्म निर्देशक समीर विद्धानले शनिबार ट्वीटर मार्फत दिएका हुन् ।
‘एक फिल्मको टाइटल रचनात्मक हिसावले ब्यवस्थित तरिकाले जुर्छ’ निर्देशक समीरले भने ‘हामीले भावनाको ठेस पुर्याउनेबाट बच्नका लागि हालै घोषित आफ्नो फिल्म ‘सत्यनारायण की कथा’ को टाइटल परिवर्तन गर्ने फैसला गरेका छौ ।

फिल्म निर्माता तथा क्रियटिभ निर्देशकले पनि यो निर्णयमा समर्थन गरेका छन् ।’ फिल्मको प्रेम कहानीका लागि नयाँ टाइटल छिट्टै घोषणा गरिनेछ  उनले बताएका छन् ।

फिल्मको भिडियो टिजर पोष्टर हालै रिलिज गरिएको छ । फिल्मका निर्माता साजिद नाडियाडवाला हुन् । फिल्मको कथा ‘एक एपिक लव स्टोरी’ बताइएको छ । फिल्मको मुख्य भुमिकामा कार्तिक चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस