नारायणगढ–मुग्लिन सडक खण्ड पुनः अवरुद्ध

सफल खबर संवाददाता

सोमबार, २१ असार २०७८, ०९ : ०४
नारायणगढ–मुग्लिन सडक खण्ड पुनः अवरुद्ध

file Photo

चितवन । अविरल वर्षासंगै पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध भएको छ । सो सडकखण्डको चौध किलो र सेती दोभानमा लेदोसहितको पहिरो आएर गएराति १० बजेबाट सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आइतबार सेतीदोभानमा पहिरो पन्छाएर गएराति पौने १० बजेबाट बाटो एकतर्फी खुलाइए पनि त्यसको केहीबेरमै पुनः पहिरो झरेपछि अबरुद्ध भएको हो ।

पहिरो खुलाउने प्रयास गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले अत्यावश्यक सवारी साधनहरुलाई वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ । 

प्रतिक्रिया दिनुहोस