उपत्यकाका सिडिओहरु आज बैठक बस्दै, निषेधाज्ञा अझै एक साता थप्ने तयारी

सफल खबर संवाददाता

आइतबार, २० असार २०७८, ११ : ०१
उपत्यकाका सिडिओहरु आज बैठक बस्दै, निषेधाज्ञा अझै एक साता थप्ने तयारी

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एकसाता थप्ने तयारी भएको छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले थप एक साता निषेधाज्ञा लम्ब्याउने तयारी गरेका छन् ।

यथास्थितिमै खुकुलो बनाएमा कोरोना महामारी अझ फैलिन सक्ने भन्दै थप एक साता निषेधाज्ञा लम्ब्याउने तयारी भइरहेको बताइएको छ । निषेधाज्ञा लम्ब्याउनेबारे आइतबार दिउँसो काठमाडौं, ललितपुर र भक्तपुर गरी तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने भएको छ ।

यातायात व्यवसायीहरुले जोरबिजोर प्रणाली हटाउन माग गरे पनि सो विषयमा प्रशासनले कुनै निर्णय गर्न सकेको छैन । तथापि अहिले थप्न लागिएको निषेधाज्ञामा यसअघि भन्दा केही खुकुलो बनाउने बारे छफफल भइरहेको बताइएको छ ।

यसअघिको प्रशासनको निर्णयमा खाद्यन्न तथा तरकारीका पसलहरु पूर्ण रुपमा संचालनका साथै २५ सिट माथिका सवारीसाधन जोरबिजोर प्रणाली मार्फत संचालन अनुमति दिइएको थियो ।

दोस्रो लहरको कोरोना महामारीले ठूलो अकार लिएपछि काठमाडौं उपत्यकामा गत बैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस