जनकपुरबाट २४ किलो गाँजासहित एक जना पक्राउ

सफल खबर संवाददाता

शनिबार, १९ असार २०७८, १५ : ३४
जनकपुरबाट २४ किलो गाँजासहित एक जना पक्राउ

धनुषा । धनुषा प्रहरीले गाँजासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका-२१ कुर्थाका ३५ वर्षीय सन्तोष महासेठ रहेका छन्।

शुक्रबार राति प्रहरीले उनलाई आफ्नै घरबाट पक्राउ गरेको धनुषा प्रहरीले जनाएको छ। उनको घरबाट २४ किलो २८० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ।

उनी यसअघि पनि गाँजासहित पक्राउ परेका थिए। अदालतले उनलाई १५ हजार रूपैयाँ धरौटीमा मुक्त गरेको थियो।

प्रतिक्रिया दिनुहोस